काठमाडौं । सांसद हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुन सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेले बुधबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै बन्द भएका गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका उद्योगलाई पुनः सञ्चालन गरेर आर्थिक रूपमा सबल गराउन आग्रह गरे ।…