मोलुङ हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । मोलुङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज फागुन १० गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। हाइड्रोपावरले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो। यो मध्ये १०५…