सडकमा अण्डा र कुखुरा फ्याँकेर झापामा किसानको विरोध

झापा । झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध गरेका छन् । आफ्ना उत्पादनले उचित मुल्य र बजार पाउनु पर्ने माग गर्दै आफूहरुले अण्डा र कुखुरा सडकमा फालेर सरकारको ध्यानाकर्षण गराएको प्रदर्शनमा सहभागी किसानहरुले बताएका छन् । कृषिमा आत्मनिर्भर होउ भनेर सरकारले गरेको आग्रह अनुसार आफूहरु कृषि कर्ममा लागेर र उत्पादन पनि…