महानगरको अल्टिमेटमपछि फनपार्कले बुझायो १७ लाख ३७ हजार कर

काठमाडौं । काठमाडौं महानगरको अल्टिमेटमपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ । बिहिबार फनपार्क व्यवस्थापनले १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेको हो । फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न सहमत भएको हो। महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा‍.शिवराज अधिकारीले फनपार्कका अधिकारीले कर बुझाएको जानकारी दिए। उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार…