काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले मुलुकमा पट्रोलियम पद्धार्थलगायतको चरम मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद मीना सुब्बाले महँगी बढ्दै गएर चरम उत्कर्षमा पुगेर पेट्रोलियम पद्धार्थ, चामल, दाल, तेललगायतको मूल्य अत्यधिक बढेको तर महँगी नियन्त्रण गर्न सरकारको ध्यान नभएकोप्रति ध्यानाकर्षण गराए । सांसद मायादेवी न्यौपानेले महँगीका कारण जनताको चुलो चिसो…