काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले लक्ष्यभन्दा ३ प्रतिशत कम कर्जा प्रवाह गरेका छन् । शुक्रवार चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत १९ प्रतिशतको कर्जा प्रवाहको सीमा दिएको भए पनि १६ प्रतिशत मात्रै भएको…