चितवन । बहुराष्ट्रिय कम्पनी (कोककोला) बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । भरतपुरको गोन्द्राङमा रहेको कोककोला कम्पनीले ४८ जना मजदुरहरुलाई पुनर्बहालीको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । अखिल नेपाल ट्रेड यूनियन महासंघको नेतृत्वमा विभिन्न ज्ञापनपत्रसहित राखेको ७ बुँदे माग पुरा नभएपछि आफुहरु बाध्य भएर आन्दोलनमा होमिएको महासंघ भरतपुर महानगरका अध्यक्ष नवराज लामिछानेले…