काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अब छिट्टै खाना पकाउने ग्यासमा दुईथरि मूल्य तोक्ने बताएका छन् । सोमबार इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए । त्यसका लागि ग्यासको गन्ध र सिलिन्डरको रङ्ग पनि फेरिने उनले जानकारी दिए ।…