काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालमा व्यापार व्यवसायलाई सहजीकरण गर्नका लागि नेपाली उद्योगी तथा व्यवसायीलाई चीनको भिसा दिन माग गरेको छ । महासङ्घले चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा व्यवसायीहरुले नेपालमा सहज रुपमा व्यवसाय सञ्चालनका लागि चीनमा जान रोकिएको भिसा सहजीकरण गर्न माग गरेको हो । कार्यक्रममा…