काठमाडौं । सत्तापक्षले प्रतिनिधिसभाको आजको बैठकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीसमेत बजेट पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक विधेयकको दफावार छलफलकालागि सभामुख अग्निप्रसाद सापकोटाले दिन तोकेलगत्तै राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची…