काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपाल भित्रने रेमिट्यान्स ५.५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स घटेको हो । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेकाे पछिल्लो ६ महिनाको विवरणअनुसार २०७८ साउनदेखि पुससम्म नेपालमा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।…