काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। आज ३२५ कम्पनीका सेयरहरू कारोबार भए, जसमा १ लाख ३० हजार ९५३ पटकको लेनदेनमा २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ९ अर्ब ३३ करोड…