काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवस विविध कार्यक्रम सहित मनाएको छ । सो अवसरमा काठमाडौं महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयहरुमध्ये शैक्षिक सत्र २०७८ को एस.ई.ई. परीक्षामा सर्बोत्कृष्ट नतिजा प्राप्त गर्न सफल का.म.न.पा.वडा नं ७, चाबहिल, कुमारीगालमा अवस्थित इलिक्सर एकेडेमीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालयका प्रधानाध्यापक रविन दाहाललाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेका छन् ।…