त्रिभुवन विश्वविद्यालय भित्रको बेथिति खोजीसक्नु छैन । विश्व विद्यालय भित्रको आर्थिक अपचलन, बौद्धिक विचलन अथवा शैक्षिक अराजकताको फेहरिस्त लामो छ । हामीले त्रिभुवन विश्वविद्यालयको जग्गा जमिनमा चलिरहेको ठेक्कापट्टा र विश्वविद्यालयको जमिन कब्जा गरेर गुण्डागर्दी शैलीमा विश्व विद्यालयको जमिन आफ्नो नाममा नामसारी गर्न खोज्ने प्रवृत्ति यति धेरै छ की त्यसले पशुपति शर्माको गीत सम्झाउँछ- लुट्न सके…