सुर्खेत । पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी । सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए…