एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा डा. हेमराज शर्मा (यूके), रविन बज्राचार्य (अमेरिका) र रविन शेरचन (जापान) ले उम्मेदवारी दिएका हुन्। छ उपाध्यक्ष पदका लागि १० जनाको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षमा टिका गुरुङ निर्विरोध भएकी छन्।…