काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की शर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले लामो समयदेखि रहेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताएका छन् । विवाह कानुनी प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो । दुलही शर्मिला मित्रकोटी पोखरामा व्यवसाय गर्दै आएकी छन्…