घुस रकमसहित भन्सार कार्यालयका अधिकृतसहित तीनजना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृत ईन्द्र न्यौपानेसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । आइतबार (माघ १८) घुस रकमसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूका साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत…