भारत भ्रमणका एजेन्डामाथि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणका क्रममा उठाउने एजेन्डाका विषयमा छलफल थालेका छन् । आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई सिंहदरबारमा डाकेर प्रधानमन्त्रीले छलफल गरेका हुन् । उक्त बैठकमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओेली, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी छन् । यस्तै, पूर्वपराष्ट्रमन्त्रीहरू डा. भेषबहादुर थापा, प्रदीप ज्ञवाली, विमला राई पौड्याल पनि…