अफ्रिकाको उत्तरी क्षेत्रमा रहेको देश मोरक्कोको सहारा मरुभूमि क्षेत्र डुबानमा परेको छ । औसतमा एक वर्षमा पर्नेभन्दा धेरै पानी दुई दिनमै परेपछि दक्षिणपूर्वी मोरक्कोको सहारा मरुभूमि क्षेत्र ५० वर्षमा पहिलो पटक डुबानमा परेको हो । दुई दिनसम्म अतिठूलो वर्षा हुँदा मरुभूमिमा दुर्लभ मानिने डुबान भएको बीबीसीले जनाएको छ । मोरक्कोको मौसमसम्बन्धी निकायका अनुसार यति छोटो…