काबुल । पाकिस्तानले गरेको आक्रमणको बदला लिन गरिएको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र ३० जना घाइते भएको दाबी अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन् । प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको तर लडाईं समाप्त भएपछि फिर्ता गरिएको पनि आइतबार काबुलमा एक पत्रकार सम्मेलनको क्रममा जबिहुल्लाह मुजाहिदले भने । पाकिस्तानले…