भृकुटीमण्डपमा कांग्रेस कार्यकर्ताले गरे देउवाको विरोधमा चर्को नाराबाजी

काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीलाई कारबाहीको घोषणा गरेसँगै पार्टी विभाजनको अवस्थामा पुगेको छ । विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेकै बेला संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको हो ।…