आज राष्ट्रिय बाल दिवस मनाइदै

काठमाडौं । बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । सन् १९९० को सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो ।…