न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्धितीयको अन्तेष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ । बाइडेनसँगै…