काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६) मा नेपाल आइपुग्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताएका हुन् । न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी गरेका छन् ।…