काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै बुझ्न जरुरी रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै घिमिरेले संविधानविरोधी गतिविधि बुझ्न सकिए मात्र संविधान र विधिको शासनको रक्षा हुने बताए । जेन–जी पुस्ताको आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोचका साथै पारदर्शिता र सुशासन दिनुपर्ने महत्त्वपूर्ण चेतना दिएको उनको भनाइ थियो…