काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सहभागी हुन एपीएफ क्लब आज उज्वेकिस्तान प्रस्थान गरेको छ । एपीएफका २० खेलाडीसहित २९ सदस्यीय टोली उज्वेकिस्तान प्रस्थान गरेको हो । एपीएफले प्रतियोगिताको लागि मुख्य प्रशिक्षकमा चेतन घिमिरेलाई अनुबन्ध गरेको छ । अनिता बस्नेत कप्तान रहेको एपीएफले समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा सोमवार आयोजक नासफसँग, दोश्रो खेलमा बिहिवार…