कैलाली कारागार घटना : मृतकका परिवारलाई प्रदेश सरकारले पाँच लाख सहयोग गर्ने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी मृत्यु भएका धनगढीका भरत चौधरीको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार साँझ मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा सुरक्षा समितिको बैठकले सो निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बैठकले कैलाली कारागारका कैदीबन्दीबीच भएको…