अमेरिका र रुसबीच आउँदो शुक्रवार उच्चस्तरीय वार्ता हुँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो शुक्रवार अलास्कामा महत्त्वपूर्ण शिखर सम्मेलनको आयोजना हुँदैछ । चिनियाँ समाचारसंस्था सिन्ह्वाका अनुसार यो सन् २०२१ पछि दुवै नेताबीचको पहिलो प्रत्यक्ष वार्ता हुनेछ । अलास्का सम्मेलनलाई शान्ति स्थापनाका लागि एक उच्चस्तरीय प्रयासको रूपमा हेरिएको छ । ट्रम्पका विशेष दूत स्टीभ विटकोफको मस्को भ्रमणका क्रममा…