सगरमाथाको पहिलो आरोहण दलका अन्तिम जीवित सदस्य शेर्पाको निधन

काठमाडौं । सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्‍याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ । ९२ वर्षका शेर्पा केही महिनादेखि काठमाडौंमा उपचाररत थिए । सङ्घले मृतक शेर्पाप्रति श्रदाञ्जली दिँदै उनको जीवन साहस, धैर्यता र…