म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्व बोकेको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत रणवाङ–दरवाङ खण्डको कालोपत्रे गर्ने काम ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङसम्मको ८ किलोमिटर सडक कालोपत्र गर्न वि.सं. २०७६ जेठ ३१ गते पूर्वाधार विकास कार्यालय म्याग्दी र बिरुवा–क्याराभान निर्माण कम्पनीबीच २२ करोड ५७ लाख ९ सय ३२ रुपैयाँमा…