वडादशैंको टीकाको दोस्रो दिन, मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदै

काठमाडौं । आज असोज शुक्ल पक्षको एकादशी अर्थात दशैंको टीकाको दोस्रो दिन । हिजो मान्यजनबाट टीका, जमरा थाप्न जान नभ्याएकाहरुले आज टीका र जमरा सहित आशिर्वाद थाप्ने चलन छ । दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्परा…