प्रधानमन्त्री कप : पुलिससँग कोशी प्रदेश ६ विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । वीरगञ्जको नारायणी रंगशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका…