नयाँदिल्ली । पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका छ जना नक्सलवादी विद्रोही मध्ये एक जना शीर्ष कमान्डर रहेको अधिकारीहरूले बताएका छन् । ओडिसा राज्यको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा रहेको कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादीबिच मुठभेड भएको जनाइएको छ । ओडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाले मिडियालाई बताएअनुसार बुधबार कान्धमालमा ठुलो मात्रामा…