अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । बर्डफ्लुको प्रभाव क्रमशः कम हुँदै उपभोक्ताको माग बढ्न थालेपछि अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले उत्पादनमा आएको कमी र बजारमा बढ्दो खपतलाई आधार मान्दै आजदेखि नयाँ समर्थन मूल्य लागू गरेको हो। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार फार्म मूल्यमा ठूलो, मिडियम र एक्सएल अण्डाको प्रतिक्रेट ३० रुपैयाँले मूल्य वृद्धि गरिएको छ।…