काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.४४ अंकले बढेर २६९३ अंकमा पुगेको छ । दिनभरको कारोबारपछि बजार सकारात्मक रूपमा बन्द भएको हो । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने बुधबार यो रकम ८ अर्ब ५८ करोड रुपैयाँ…