काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन क्रिप्टोकरेन्सीका निम्ति रणनीतिक ‘रिजर्भ’ स्थापना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशसँगै अमेरिकाले ‘ब्लकचेन’ सम्पत्ति मानिने क्रिप्टोको राष्ट्रिय भण्डार गर्ने भएको समाचार एजेन्सी रोयटर्सले जनाएकाे छ । ह्वाइट हाउसका एआई एवं क्रिप्टो जार डेभिड स्याक्सले फौजदारी वा सिभिल कारबाहीबाट जफत गरिएको क्रिप्टोलाई संघीय सरकारको क्रिप्टोकरेन्सी रिजर्भमा…