मानव जाति र धर्तीको समस्या समाधान गर्न सगरमाथा संवाद : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जाति र धर्तीको भविष्यसँग जोडिएका साझा समस्याको समाधान खोज्न ‘सगरमाथा संवाद’ आयोजना गर्ने तयारीमा सरकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने सगरमाथा संवादका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै ‘पृथ्वीको भविष्य सुनिश्चित होस् मानव जातिको भविष्य सुनिश्चित होस् यसका…