अमरेशकुमारको अभिव्यक्तिबारे कांग्रेस सांसदले मागे सरकारको जवाफ

काठमाडौं । प्रतिपक्षी दल कांग्रेसका सांसद चन्द्रमोहन यादवले सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिबारे सरकारसँग स्पष्ट जवाफको माग गरेका छन । आज मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले गम्भीर कुरा उठाएको भएकाले सरकारले जवाफ दिनुपर्ने पनि बताएका छन । सांसद सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कन्चटमा पेस्तोल…