ललितपुर । ललितपुर महानगरपालिकामा सेवाग्राहीले फाइल बोकेर कार्यालयका विभिन्न कोठा धाउने बाध्यता अन्त्य भएको छ। महानगरले सञ्चालन गरेको एकद्वार सेवा केन्द्रले सेवाग्राहीको झन्झट हटाएको छ। अब फाइल बुझाएपछि त्यसको स्थिति मोबाइलमा सन्देशमार्फत जानकारी प्राप्त हुने भएकाले समयको बचत हुनुका साथै अनिश्चितता र दौडधुपबाट पनि मुक्ति मिलेको सेवाग्राहीहरू बताउँछन्। महानगरले फाइल अनलाइन दर्ता गरेपछि सिस्टमले सम्बन्धित…