पूर्वसांसद कोइरी प्रकरणमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं। सर्वोच्च अदालतले नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गरी थुनामा पठाउनुको स्पष्ट कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले पूर्वसांसद कोइरीका छोरा मनोजकुमार महतोले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। रिट निवेदनमा आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ।…