बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । उनले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । संविधानअनुसार राजीनामा दिनुपर्ने कारण नभए पनि पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा राजीनामा दिन लागेको उनको भनाइ छ । उनले पार्टीलाई भाँडभैलोमा जान नदिन आफूले मार्गप्रशस्त गरेको बताए । “मैले संविधानतः…