काठमाडौँ । बागमती यूथ क्लबले एन्फा महिला फुटबल लिगमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सोमबार भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोलले हरायो । बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक पूरा गरिन् । साहारा लिम्बू र आरती भुजेलले एक एक गोल थपिन् । सुदूरपश्चिमका लागि तुल्छा बोहोराले सान्त्वना गोल फर्काइन् ।…