बागमतीमा भदौ ४ गते सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ । साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो । बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो ।