भक्तपुरमा झण्डै एक दर्जन कार्यालयको नेतृत्व महिलाको हातमा

भक्तपुर । भक्तपुरका ११ वटा सरकारी कार्यालयको नेतृत्व महिलाको हातमा पुगेको छ । निजामतिलगायत सरकारी पदहरुमा अझै पनि महिला सहभागिता न्यून रहेका बेला देशकै राजधानीसँग जोडिएको उपत्यकाकै एउटा जिल्लामा चाँही झण्डै एक दर्जन कार्यालयहरुको नेतृत्व महिलाले गरेका छन् । क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा सानो जिल्लाका रुपमा रहेको भक्तपुर जिल्ला, महिला प्रमुख भएका जिल्लाका रुपमा चाँही…