नुवाकोट । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका-७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ । म्यागङ गाउँपालिका-३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुंगा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी र्दिए। उनका अनुसार छिमेकीको घेवा (किरिया) बाट फर्कने क्रममा भएको…