बागमतीका ६ मन्त्रीले लिए शपथ

हेटौंडा । बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार अपराह्न बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाँच विभागीय र एक विनाविभागीय मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । नेपाली कांग्रेसबाट पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशीले स्वास्थ्य र मसिना खड्काले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका हुन्…