विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको बैठकले इलाम–२ को उपनिर्वाचनमा पार्टीको पक्षमा परिणाम ल्याउने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ । विराटनगरमा मङ्गलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै बैठकले केन्द्रीय सरकारको गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्ने प्रदेश पार्टीका पदाधिकारी र संसदीय दलबिच छलफल गरेर केन्द्रमा लबिङ गर्ने…