विराटनगर । न्यायधीशले पैसा लिएर स्टेअर्डर जारी गरेको भन्दै अभिव्यक्ति दिने कोसी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अपहेलना मुद्दा दायर भएको छ । उनीविरुद्ध मंगलबार उच्च अदालत विराटनगरमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले अपहेलना मुद्दा दायर गरेका हुन् । राजभण्डारीले गत असार १० गते विराटनगरको एक निजी विद्यालयमा भएको कार्यक्रममा उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका…