काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागाढुङ्गामा आइतबार साँझ भएको सवारी दुर्घटनामा १ को मृत्यु र ९ जना घाइते भएका छन् । चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नं को हाइस रोकेको अवस्थामा आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिँदा ठेगाना नखुलेकी अन्दाजी २५-२६ वर्षीया सविना गुरूङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते…