इच्छाकामनाका सुन्तला बोटबाटै बिक्री

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको माथिल्लो भेगका सुन्तला बगान अहिले पहेँलपुर छन् । सुन्तला खरिद गर्न व्यापारी बगानमै आइपुगेका छन् । सुन्तलाखेती गर्दै आएका इच्छाकामना गाउँपालिका–५ तामिनका किसान रामप्रसाद बोहोराका अनुसार बोटमै व्यापारीले प्रतिकिलो रु एक सयका दरले सुन्तला खरिद गरिरहेका छन् । उनले भने, “सुन्तला बिक्रीका लागि बजारको समस्या छैन । बोटमै बिक्री भइरहेको…